PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती गरिए का‌ंग्रेस चुप लागेर बस्दैनः महामन्त्री कोइराला



पहिलोपोस्ट

राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती गरिए का‌ंग्रेस चुप लागेर बस्दैनः महामन्त्री कोइराला

विराटनगरः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको अन्तरन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन सबै ढिक्का हुनुपर्ने बताएका छन्। 

शुक्रबार नेपाल निजामति कर्मचारी युनियन (संघ) प्रदेश १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा उनले राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती भए पार्टी चुप लागेर नबस्ने बताए। महामन्त्री कोइरालाले पार्टी नेतृत्वमा आर्थिक अनुशासनमा बस्ने र कार्यकर्तालाई धेरै माँया गर्ने स्वभावको विकास हुुनुपर्नेमा जाेड दिए। 

प्रदेश १ का कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुलुकको राजनीतिक परिवर्तनमा राष्ट्रसेवक कर्मचारीको भूमिका सराहनीय रहेकाे बताए । सरहनीयका प्रमुख सचेतक केदार कार्कीले जनतालाई विश्वास दिलाउन नसकेका कारण पार्टी कमजोर भएको धारणा राखे। 

कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, सङ्घका मोरङका अध्यक्ष चन्द्रप्रसाद कट्टेलकाे पनि उपस्थित थिएृ। दुई दिने सो प्रशिक्षणमा प्रदेश १ अन्तर्गत १४ जिल्लाका करीब ३ सय संघसँग आवद्ध कर्मचारीको सहभागिता छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell