
काठमाडौँ : मलेसियामा भइरहेको आइसीसी टी-२० वर्ल्डकप एसिया रिजल क्वालिफायर समूह बी अन्तर्गत दोस्रो खेमला नेपालले शनिबार मलेसियासँग खेल्दैछ।
सात टोली सहभागी समूह बी मा दुवै टोलीले विजयी सुरुवात गरेका छन्। राउण्ड रोविन लिग प्रणालीमा खेलाइएको प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारलाई जम्मा १८ बल खेलर ८ विकेटले पराजित गरेको थियो भने मलेसियाले भुटानलाई ६७ रनले हराएको थियो।
उपाधि जिल्ने लक्ष्य सहित मलेसिया पुगेको नेपालले पहिलो खेलमा उत्कृष्ट बलिङ गरे पनि ३० रनको लक्ष्य भेट्टाउन दुई विकेट गुमाएको थियो। मलेसियासँग खेल्नुअघि नेपालको लागि उक्त खेल 'वार्मअप' जस्तै भयो।
नेपालले म्यानमारसँग खेलेको बायुमास ओभल मैदानमै मलेसियासँग खेल्दैछ। मलेसियाले पनि त्यही मैदानमा भुटानलाई हराएको हो। खेल शनिबार बिहान नेपाली समयअनुसार ७:४५ बजे सुरु हुनेछ।
मलेसिया र थाइल्याण्डबीचको दोस्रो खेल वर्षाका कारण रद्ध भइपछि दुवै टिमले १/१ अंक बाँडेका थिए। दुई खेलपछि अंकतालिकामा नेपालभन्दा अगाडी रहेको थाइल्याण्ड र मलेसियाको समान ३ अंक छ।
यस समूहबाट ७ मध्ये उत्कृष्ट तीन स्थानमा रहने टिम एसिया क्वालिफायरको अन्तिम चरणमा प्रवेश गर्नेछ।
नेपाल र मलेसिया क्रिकेटको 'सर्ट फर्म्याट' टी-२० मा भिड्न लागेको पाँच वर्षपछि यो पहिलो पटक हो।
सन् २०१३ मा भएको एसीसी टी-२० मा पछिल्लो पटक प्रतिस्पर्धा हुँदा नेपालले मलेसियालाई १९ रनले हराएको थियो। जहाँ ८७ रन बनाएका कप्तान पारस खड्का म्यान अफ दि म्याच घोषित भएका थिए।
एशीयन लेभलमा नेपाल र मलेसिया टी-२० मा तीन पटक भिडेका छन्। जसमा नेपालले दुई खेल जितेको छ भने मेलसियाले एक खेलमा जित हात पारेको थियो।
सन् २००७ को एसीसी टी-२० मा नेपालले मलेसियालाई २१ रनले पराजित गरेको थियो भने दुई वर्षपछि २००९ मा मलेसियाले नेपाललाई ६ विकेटले हराएको थियो।