
काठमाडौं: काठमाडौंका माइक्रोबस चालक र सहचालकले अनिवार्य रूपमा सुन्तला र हरियो (फ्लोरेसेन्ट) रंगको ज्याकेट लगाउनु पर्ने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी महासंघको शुक्रबार बसेको बैठकले माइक्रोबसमा पनि ज्याकेट लगाउने निर्णय गरेको महाशाखाका एसएसपी वसन्त पन्तले जानकारी दिए। माइक्रो चालकले सुन्तला र सहचालकले हरियो रंगको ज्याकेट लगाउनु पर्नेछ।
गत भदौ ६ गते ट्राफिकले ट्याक्सी चालकलाई ज्याकेट (फ्लोरेसेन्ट) लगाउनु पर्ने नियम लागू गरेको थियाे। चालकको पहिचान, रातीको समयमा चम्किलो देखिने र चालकको बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्न समेत सजिलो हुने महाशाखाका एसएसपी वसन्त जानकारी दिए।
त्यस्तै माइक्रोबसको अगाडि स्पष्ट देखिने गरि गन्तव्य रुढ समेत लेख्नु पर्ने निर्णय गरेको छ।