PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

एसिड अट्याकको कथामा दीपिकाको अभिनय



पहिलोपोस्ट

एसिड अट्याकको कथामा दीपिकाको अभिनय

फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यू गरेपछि दीपिका पादुकोणले पछाडि फर्कनु परेन। फिल्ममा उनले गरेको अभिनयलाई दर्शकले रुचाए। त्यसपछि फिल्महरुको अफरको ओइरो लाग्न थाल्यो। फिल्महरु मै व्यस्त भइन् पादुकोण। उनी अभिनित कयाैँ फिल्म हिट छन्।

पछिल्लो समय ‘पद्मावत’मा देखिएकी पादुकोण अब नयाँ फिल्म गर्दैछिन्। ‘राजी’ फिल्म निर्देशक मेघ्ना गुलजारको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनी देखिने भएकी हुन्। एसिड अट्याकमा परेकी लक्ष्मी अग्रवालमाथि फिल्म बन्ने भएको हो।

सन् २००५ मा दिल्लीमा लक्ष्मीमाथि एसिड अट्याक भएको थियो। आज उनी एसिड अट्याकमा परेकाहरुका लागि काम गर्छिन्। अब उनैको कथामा पादुकोणले अभिनय गर्ने भारतीय मिडियाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell