PahiloPost

Jun 15, 2026 | १ असार २०८३

साफ यू-१८ वुमन्स च्याम्पियनसिप : भारतलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै नेपाल फाइनलमा



पहिलोपोस्ट

साफ यू-१८ वुमन्स च्याम्पियनसिप : भारतलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौँ : भारतलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै नेपाल साफ यू-१८ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल पनि १-१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजाको छिनोफानो पेनाल्टीसुटआउटबाट भएको हो। पेनाल्टीसुटआउटमा नेपालको गोलकिपर अन्जना राना मगरले दुई पेनाल्टी रोकिन् भने एक गोल गरिन्।

पेनाल्टीसुटआउटमा नेपालका लागि अन्जनासँगै रेखा पौडेल र मनिषा राउतले गोल गरिन्। पुजा रानाको प्रहार भने पोष्ट भन्दा बाहिर गएको थियो।

त्यसअघि थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा खेलको पहिलो हाफमा रेखा पौडेलले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् भने समिक्षाले भारतको लागि दोस्रो हाफमा बराबरी गोल फर्काइन्।

नेपालले अब उपाधिका लागि आयोजक भुटान र बंगलादेशबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell