PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

टी-२० वर्ल्डकप एसिया क्वालिफायर : मलेसियाले टस जित्यो, नेपालले पहिले बलिङ गर्ने



पहिलोपोस्ट

टी-२० वर्ल्डकप एसिया क्वालिफायर : मलेसियाले टस जित्यो, नेपालले पहिले बलिङ गर्ने
file photo

काठमाडौँ : आइसीसी टी-२० वर्ल्डकप एसिया क्वालिफायर समूह बी अन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ। 

घरेलु टोली मलेसिाले टस जितेर ब्याटिङ रोजेको छ। नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई हराएको थियो।

मलेसियालाे भुटानलाई पराजित गरेको थियो भने थाइल्याण्ड विरुद्धको खेल वर्षाको कारण रद्ध भएपछि अंक बाँडेको थियो।

नेपाल र मलेसिया टी-२० फर्म्याटमा भिड्न लागेको पाँच वर्षपछि पहिलो पटक हो। खेल नेपाली समयअनुसार ७:४५ बजे बायुमास ओभलमा सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell