PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

टी-२० वर्ल्डकप एसिया क्वालिफायर : मलेसिया १०० रनमा अलआउट, सन्दीपको ५ विकेट



पहिलोपोस्ट

टी-२० वर्ल्डकप एसिया क्वालिफायर : मलेसिया १०० रनमा अलआउट, सन्दीपको ५ विकेट
file photo

काठमाडौँ : स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि टी-२० वर्ल्डकप क्वालिफायर एसिया रिजनको समूह बी मा नेपालले मलेसियालाई १०० रनमा अलआउट गरेको छ।

क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाएर सय रन बनायो।

मलेसियाका लागि विकेटकिपर ब्याट्सम्यान सफिक सरिफले सर्वाधिक ४९ रन बनाए। नेपालका लागि सन्दीपले ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिए।

मलेसियाले राम्रो सुरुवात गर्दै पहिलो विकेटको लागि ३० रनको साझेदारी गरेपनि सन्दीपले सैइद अजिज र सफिक सरिफको साझेदारी तोडेका थिए। उनले पाँचौ ओभरमा अजिजलाई १३ रनमा आउट गर्दै नेपाललाई पहिलो विकेट दिलाएका थिए।

सन्दीपले सर्वाधिक ४९ रन बनाएका सरिफसहित सुहान अलागारतनम (५) भिरनदिप सिंह र स्याज्रुल इद्रुस (0) को विकेट लिए।

मलेसियाका लागि सरिफ र अजिजबाहेक बाँकी ९ खेलाडीले दोहोरो अंक छुन सकेनन्।

यस्तै नेपालका सोमपाल कामीले ३.३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए भने कप्तान पारसले १ विकेट लिए। मलेसियाका एक खेलाडी रनआउट भए।

नेपालले केही बेरमा ब्याटिङ गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell