PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

काठमाडौंमा निर्मलाका लागि न्याय खोजिरहँदा कैलालीमा भने आत्मरक्षाका लागि जुट्दै किशोरी र युवती

काठमाडौंमा निर्मलाका लागि न्याय खोजिरहँदा कैलालीमा भने आत्मरक्षाका लागि जुट्दै किशोरी र युवती

एम बम/पहिलोपोस्ट


कैलाली: कैलालीको धनगढीमा शनिवारबाट महिलाहरुका लागि आत्मरक्षा शिविर सुरु गरिएको छ। राष्ट्रिय गोजुरियो कराँते दो संघको आयोजनामा महिलाका लागि ७ दिने शिविरको शनिवार उद्घाटन गरिएको हो। शिविरबाट महिलामाथि हुने हिंसा, बलात्कारलगायतका घटना न्युनिकरणकमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

शिवरमा महिला तथा विद्यालयका छात्रा गरेर १ हजार ५ सय बढी सहभागी छन्। शनिवार शिविरको उदघाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिला हिंसाबाट प्रताडित सुदूरपश्चिमा सुरु गरिएको कार्यक्रमले उनीहरुको आत्मरक्षामा टेवा पुग्ने बताए।

पछिल्लो समय बढ्दै गएको बलात्कारका घटनाका विरुद्धमा महिला जनप्रतिनिधिको अगुवाइमा प्रदेश अभियान सञ्चालन गर्ने पनि उनले बताए। महिलालाई मुलधारमा ल्याउन सरकार तयार रहेकोले महिला पनि स्वयं उठ्न जरुरी रहको भट्टले औल्याए।

सहभागी महिलाबाट उत्कृष्ट एक सय जनालाई प्रशिक्षकको रूपमा छनौट गरिने र उनीहरूले सम्बन्धित स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गर्नेछन्। सुदुरपश्चिम प्रदेशबाट सुरु गरिएको महिलाका लागि आत्मरक्षा सम्बन्धी शिविर प्रदेश एकको बिर्तामोडमा समापन गरिने आयोजकले जानकारी दिएको छ। 

राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपाल, प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा ओरेक नेपाल, कमैया प्रथा उन्मूलन समाज, क्रियाशील पत्रकार महिला, दलित महिला अधिकार मञ्च, महिला मानव अधिकार रक्षक सञ्जाल, नारी उत्थान मञ्च लगायत एक दर्जन भन्दा बढी संघ संस्था शिविरका सहआयोजक रहेका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell