PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

'सरकार कहाँ चुक्दैछ? बलात्कारीसँग झुक्दैछ'

'सरकार कहाँ चुक्दैछ? बलात्कारीसँग झुक्दैछ'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोधमा आज फेरि राजधानीमा जुलुस निस्क्यो। सरकारकै संरक्षणमा दोषी पहिचानको प्रकृयालाई तोडमोड गरिएपछि निर्मला पन्तको बलात्कार र हत्याको विषय चर्को मुद्दाका रुपमा उत्रिएको हो।

गृह मन्त्रालय तथा नेपाल प्रहरीले घटनाको अनुसन्धानका लागि पटक पटक समितिहरु गठन गरे पनि तिनले दिएको रिपोर्टसमेत सरकारले सार्वजनिक गरेको छैन। आज जुलुसमा निर्मलाका निम्ति न्याय भन्दै सर्वसाधारण, अभियन्ता, कलाकार सडकमा उत्रिए। माइतीघर मण्डलामा उनीहरु भेला भएका हुन्। हेर्नुस् चर्का नारासहितका प्ले कार्ड बोकेर उत्रिएको जनसमुदाय -
 


ट्रेन्डिङ पोस्ट

Ncell