PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

मुलुककाे समृद्धका लागि सबै सरकार जिम्मेवार हुनु पर्‍याेः माधव नेपाल



पहिलोपोस्ट

मुलुककाे समृद्धका लागि सबै सरकार जिम्मेवार हुनु पर्‍याेः माधव नेपाल
फाइल फाेटाे

काठमाडाैँः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का वरिष्ठ नेता माधवकुमार नेपालले कुकर्म गर्नेहरुमाथि कडा निगरानी राख्न सामाजिक अभियान थाल्नुपर्नेमा जोड दिएका छन्। 

मुलुकमा महिला र बालबालिकामाथि हत्या, बलात्कार लगायतका जघन्य अपराधका घटना बढदै गइरहेका बेला उनले त्यस्ता घटना हुन नदिन सामाजिक अभियान संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याएका हुन्।

निबार दशैँ, तिहार, नेपाल संवत र छठको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा  वरिष्ठ नेता नेपालले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई इमान्दार भएर काम गर्न पनि सचेत गराए।

स्थानीय सरकारले सडक पिँच, पीउने पानी र हरियाली निर्माणको कामलाई उच्च प्राथमिकता दिनुपर्ने उनकाे भनाई छ। वरिष्ठ नेता नेपालले जनताको समृद्धिको चाहनालाई पूरा गर्न सबैले एकतावद्ध भएर काम गर्नुतर्फ लाग्नुकाे विकल्प नभएकाे बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell