PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

बंगबन्धु गोल्डकप : लगातार दुई खेल हारेपछि डिफेण्डिङ च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरियो



पहिलोपोस्ट

बंगबन्धु गोल्डकप : लगातार दुई खेल हारेपछि डिफेण्डिङ च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौँ : डिफेण्डिङ च्याम्पियन नेपाल बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै बाहिरिएको छ। बंगलादेशमा भइरहेको प्रतियोगितामा समूह ए को दुवै खेलमा पराजित भएपछि नेपाल समूह चरणबाट घर फर्कने भएको हो।

शनिवार भएको समूहको दोस्रो तथा अन्तिम खेलमा नेपाल प्यालेष्टाइनसँग १-० ले पारजित भएको हो। सन् २०१६ मा भएको चौथो संस्करणको च्याम्पियन नेपाल पहिलो खेलमा ताजिकिस्तानसाग २-० ले पराजित भएको थियो।

दुवै खेल जितेको प्यालेष्टाइन समूह ए को विजेता तथा ताजिकिस्तान समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell