PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

धर्मश्री बडिबिल्डिङ : यसरी तयार पारिन्छ बडिबिल्डरलाई, हेर्नुस् १६ फोटोमा

धर्मश्री बडिबिल्डिङ : यसरी तयार पारिन्छ बडिबिल्डरलाई, हेर्नुस् १६ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : शनिवार काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा १५औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता आयोजना भएको आयोजक नेपाल व्यायाम मन्दिरकै मिलन सिजापति १५औँ धर्मश्री च्याम्पियन बने। १३औँ संस्करणको विजेता तथा एसियन च्याम्पियनसिपको गोल्ड मेडलिस्ट महेश्वर महर्जन उपविजेता बने।

च्याम्पियन मिलनले नगद ५ लाख र ब्यानेट पाए भने महेश्वरले २ लाख प्राप्त गरे।

बलिबिल्डरहरु स्टेजमा प्रवेश गर्नुअघि उनीहरुलाई विशेष किसिमले तयार पारिन्छ। अन्य खेलमा जर्सी लगाएर खेलिन्छ। तर यसमा फरक छ। आफ्नो शरीरलाई कसरी आकर्षित र सुगठित बनाउने भनेर शरीरमा तान (taan) प्रयोग गरिन्छ।

धर्मश्रीमा सहभागी खेलाडीलाई र पनि आफ्नो प्रस्तुति देखाउनु अघि शरीरमा तान लगाएर तयार पारिन्छ। यस्तै बडिबिल्डरले प्रतिस्पर्धा अघि पम्प अप पनि गर्छन्। त्यसपछि खेलाडीहरु आफ्नो प्रस्तुति दिन स्टेमा पुग्छन र विभिन्न पोजमा आफ्नो शरीरलाई आकर्षक रुपमा प्रस्तुत गर्छन्।

जसले आकर्षक र सुगठित रुपमा शरीर देखाउँछ उसैले च्याम्पियन ब्यानेट पहिरिन पाउँछ।


ट्रेन्डिङ पोस्ट

Ncell