
स्पानिस ला लिगामा रियल मड्रिडले यस सिजन दोस्रो हार बेहोरेको छ। गएराती भएको खेलमा रियल अलाभेजसँग १-० ले पराजित भयो।
खेलको अन्तिम मिनेटमा गोल खाएपछि रियल पराजित भएको हो। अलाभेजलाई शानदार जित दिलाउन ९०औँ मिनेटमा मानस गार्सियाले एक मात्र गोल गरे।
जितपछि ८ खेलबाट १४ अंक जोडेको अलाभेजले शीर्ष स्थानको बार्सिलोना र रियलसँग अंक बराबरी गरेको छ। यद्यपी बार्सिलोनाले एक खेल कम खेलेको छ र गोलअन्तरमा अझै अगाडी छ। रियलले भने हारपछि शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ।