
क्रिस्टियानो रोनाल्डो र रोड्रिगो बेन्टानकुरले पहिलो हाफमा गरेको गोल मद्दतमा युभेन्ट्सले इटालियन सिरी ए मा उडिनेसीलाई पराजित गरेको छ।
अवे मैदानमा भएको खेल २-० ले जित्दै साविक विजेता युभेन्ट्सले ३ अंक जोडेको हो। बेन्टानकुरले ३३औँ र रोनाल्डोले ३७औँ मिनेटमा गोल गरे।
युरोपियन च्याम्पियन्स लिगमा एक खेलको प्रतिवन्ध र बलात्कारको आरोप लागेका रोनाल्डोले युभेन्ट्सका लागि गोल गर्दै त्यसलाई केही सान्त पार्ने प्रयास गरे।
यस सिजन अपराजित रहँदै ८ खेल जितेको 'ओल्ड लेडी' २४ अंकका साथ शीर्ष स्थानमा आसिन छ भने दोस्रो स्थानको नेपोली भन्दा ९ अंकले अगाडी छ। एक खेल कम खेलेको नेपोलीको १५ अंक छ।
यस्तै एम्पोलीलाई उसैको मैदानमा २-० ले पराजित गर्दै रोमा तेस्रो स्थानमा उक्लेको छ। रोमाको ८ खेलबाट १४ अंक भएको छ। रोमाका लागि स्टेभेन एनजोन्जी र एडेन जेकोले एक-एक गोल गरे।