PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

साफ यू-१८ वुमन्स च्याम्पियनसिप फाइनल : नेपाललाई बंगलादेश विरुद्ध बदला लिने अवसर



पहिलोपोस्ट

साफ यू-१८ वुमन्स च्याम्पियनसिप फाइनल : नेपाललाई बंगलादेश विरुद्ध बदला लिने अवसर
FILE PHOTO : BFF

काठमाडौं : साफ यू-१८ वुमन्स च्याम्पियनसिप फुटबलको उपाधि जित्ने लक्ष्यसहित भुटान पुगेको नेपाली महिला टोली त्यसबाट अब एक कदम मात्र टाढा छ। त्यो लक्ष्य प्राप्त गर्नका लागि नेपालले फाइनलमा आज अपराजित रहेको बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने उक्त फाइनल खेल नेपाली समयअनुसार बेलुका ६:४५ बजे सुरु हुनेछ।

दुवै टोलीको लक्ष्य फाइनल जित्दै उपाधि उचाल्नु हुनेछ। तर नेपालको लागि बंगलादेश विरुद्ध मैदान उत्रिदा समूह चरणका बेहोरेको हारको बदला लिने उपयुक्त अवसर समेत छ।

समूह बी मा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो। नेपाल त्यो हारको बदला लिने दाउमा समेत हुनेछ।

सेमिफाइनलमा नेपालले चिरिपरिचित प्रतिद्वन्दी भारतलाई पेनाल्टीसुटआउटमा ३-१ ले गोलन्तरले पारजित गर्दै फाइनलमा स्थान बनाएको हो। जसमा गोलकिपर अन्जना मगरले दुई पेनाल्टी रोकेकी थिइन्। यस्तै बंगलादेशले भुटानलाई ४-० ले पारजित गर्दै फाइनलमा स्थान बनाएको हो।

भारतलाई सेमिफाइनलमा हराएपछि नेपाली टोलीको मनोबल उच्च छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell