
काठमाडौँ : मलेसियामा जारी आइसीसी टी-२० वर्ल्डकप एसिया रिजनल क्वालिफायर ग्रुप बी मा नेपालले पहिलो पटक पहिलो इनिङ्समा ब्याटिङ गर्ने भएको छ।
आज हुन लागेको थाइल्याण्ड विरुद्धको खेल नेपालले टस हारेर पहिले ब्याटिङ गर्न लागेको हो। बायुमास ओभल मैदानमा हुने खेलमा थाइल्याण्डले टस जितेर पहिले फिल्डिङ रोजेको हो।
यसअघिको दुवै खेल नेपालले लक्ष्य पछ्याउँदै जितेको थियो।
क्वालिफायरमा दुवै टोली अपराजित रहेका छन्। ३ खेल खेलेको थाइल्याण्ड दुई जित र एक बराबरीपछि ५ खेलबाट अंक तालिकामा शीर्ष स्थानमा छ। लगातार दुई खेल जितेको नेपाल सिंगापुर समान ४ अंक जोडेपनि रनरेटमा पछि रहदै तेस्रोमा छ।
थाइल्याण्डको लागि यो चौथो र नेपालको तेस्रो खेल हो। यसअघि नेपालले म्यानमार र मलेसियालाई समान ८ विकेटले पराजित गरिसकेको छ।