PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

प्रहरीलाई अब लान्छित हुन दिन्नँ, संगठनभित्रका धमिरालाई फाल्न लागी परेको छु : प्रहरी महानिरीक्षक खनाल



पहिलोपोस्ट

प्रहरीलाई अब लान्छित हुन दिन्नँ, संगठनभित्रका धमिरालाई फाल्न लागी परेको छु : प्रहरी महानिरीक्षक खनाल

काठमाडौं: नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनलाई अब थप लान्छित हुने अवस्था नआउने दाबी गरेका छन्।

केही समययता प्रहरी प्रमुखको चौतर्फी विरोध हुन थालेपछि नेपाल प्रहरीका महानिरीक्षक संगठन शुद्धीकरणको काममा लागेको बताउन थालेका छन्। आइतबार प्रहरी दिवसको अवसरमा आयोजित 'प्रहरी दिवस रनिङ पुरुष भलिबल प्रतियोगिता' मा महानिरीक्षक खनालले संगठनलाई लान्छित हुने अवस्था हुन नदिने दाबी गरेका हुन्। महानिरीक्षक खनालले भने,' अब प्रहरीलार्इ लान्छित हुन दिँदैन। तपाइहरू साथ दिनुहोस् म व्यावसायिक प्रहरी संगठनको रूपमा स्थापित गराउँछु।'

निर्मला हत्या प्रकरण, भक्तपुर इन्काउन्टर र देशमा बढ्दै गएको एसिड प्रकरणमा प्रहरी आलोचित हुँदै आएको छ। महानिरीक्षक खनालले संगठनभित्रको एक प्रहरीको कारण पुरै संगठनको बदनामी हुने भएकाले सबै प्रहरीलाई इमानदार भएर काम गर्ने निर्देशन दिएका थिए। त्यस्तै गलत काम गर्ने प्रहरीलाई कारबाही गर्ने चेतावनीसमेत दिए। 'केही व्यक्तिले गर्दा संगठनको बदनाम भयो। त्यस्ता कीरा र धमिरालाई फाल्न लागीपरेको छु,' महानिरीक्षक खनालले भने।

नागरिक र सरकारको प्रहरीसँग विश्वास भएकाले नागरिकमैत्री भएर काम गर्नसमेत खनालले निर्देशन दिए। 'प्रहरीले निष्ठा र इमानदारीका साथ काम गर्न सके नागरिकको मनमनमा र दिलदिलमा बस्न सक्छ,' उनले भने।

पुरुष भलिबल प्रतियोगिता कार्यक्रममा प्रदेश ३ लाई पराजित गर्दै प्रदेश नम्बर ५ प्रहरी कार्यालय विजेता बन्यो। विजेतालाई ५० हजार रुपैयाँ र उपविजेतालाई ३५ हजार रुपैयाँ नगद पुरस्कार महानिरीक्षक खनालले हस्तान्तरण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell