PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

बलिउड अभिनेता पाटेकरसहित ४जना विरुद्ध प्रहरीमा उजुरी



पहिलोपोस्ट

बलिउड अभिनेता पाटेकरसहित ४जना विरुद्ध प्रहरीमा उजुरी

बलिउड अभिनत्री तनुश्री दत्तले अभिनेता नाना पाटेकरविरुद्ध प्रहरीमा उजुरी गरेकी छिन्। सन् २००८ मा फिल्म ‘हर्न ओके प्लिज’को छायाँकनको क्रममा पाटेकरले आफूलाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेको आरोप लगाउँदै उनले उजुरी दर्ता गरेको भारतीय मिडियाले जनाएको छ।

उनले नानासँगै उक्त फिल्मका कोरियोग्राफर गणेश आचार्य, निर्माता समीर सिद्दीकी, निर्देशक राकेश साराङ विरुद्ध उजुरी गरेकी छिन्।

यसअघि फिल्मका निर्माताले ह्यारेसमेन्टका समयमा तनुश्रीलाई रजश्वला भएका कारण पनि देखाएका थिए। उनले भनेका थिए ‘भन्दा अप्ठ्यारो लाग्छ, ह्यारेसमेन्टको बेला उनको रजश्वलाको समय चलिरहेको थियो’।  

यता वकिल नीतिनले पाटेकरले आइतबार नै प्रहरीमा बयान दिने बताए। उनले भने ‘हामीसँग सबै तथ्य छ। यदि राम्रो छानविन भएन भने हामी उच्च अदालत जानेछौं’।

यसबीच पाटेकरले दत्तले लगाएको आरोप गलत रहेको बताउँदै आएका छन्। पाटेकर ‘हाउसफूल ४’ को छायाँकन सकेर जोधपुरबाट मुम्बई आइसकेका छन्। उनले मिडियालाई भनेका छन् ‘मैले १० वर्ष अघि नै भनिसकेको छु त्यो आरोप गलत हो भनेर’। बलिउडमा यस विषयमा चर्चा सुरु भएको छ। फिल्मकर्मी तनुश्रीका पक्ष विपक्षमा उभिन थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell