PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

दशैँका लागि आजबाट नयाँ नोट साट्न सकिने, जानुस् यी ठाउँमा



पहिलोपोस्ट

दशैँका लागि आजबाट नयाँ नोट साट्न सकिने, जानुस् यी ठाउँमा

काठमाडौँः नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण सुरु गरेको छ । दशैँ-तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले आइतबारबाट नयाँ नोट सटहीको सुविधा उपलब्ध गराएको हो। आगामी असोज २९ गतेसम्म ५, १०, २० र १०० दरका गरी एक जनाले जम्मा २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने व्यवस्था मिलाइएको बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए।

नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरुबाट लिने व्यवस्था मिलाइएको छ। त्यसैगरी केही बाणिज्य बैंकहरुबाट पनि नयाँ नोट सटही गर्न पाउने व्यवस्था गरिएको पनि नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकको शाखा कार्यालय न्युरोड, किर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन, औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपूरमा नयाँ नोट सटहीको सुविधा मिलाइएको छ। 

यस्तै राष्ट्रिय वाणिज्य बैंकका कार्यालयहरु  सिहंदरबारप्लाजा, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, बिशालबजार, नक्साल, कलंकी, बालाजुमा नोट सटहीको सुविधा रहेको छ। यता, कृषि विकास बैंकको शाखा कार्यालयहरु  गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क। स्वयम्भु र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न सकिनेछ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीमा नयाँ नोट सटहीका लागि भीड लागेको छ। नेपाल राष्ट्र बैंकले दशैँको अवसर पारेर हरेक वर्ष नयाँ नोट सटही गर्दै आएको छ। राष्ट्र बैंकले नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न अनुरोध पनि गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell