काठमाडौँ : मलेसियामा भइरहेकफ आइसीसी टी-२० वर्ल्डकप क्वालिफायर एसिया रिजनल ग्रुप बी को खेलमा नेपालले थाइल्याण्डलाई १७३ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो। नेपालको लागी करण केसीले नटआउट ४० रन बनाए।
आठौँ नम्बरमा ब्याटिङ गेको करणले आक्रमक ब्याटिङ गर्दै १४ बलमा २ चौका र ४ छक्का प्रहार गरे।
अन्तिम ओभरमा करण र सोमपाल मिलेर नेपालका लागि २४ रन जोडे। जसमा करणले लगातार तीन छक्का सहित २१ तथा सोमपालले ३ रन बनाए।
यस्तै शरद भेषावकरले ३४, दीपेन्द्र सिंह ऐरीले ३० तथा अनिल शाहले २५ रन जोडे। विनोद भण्डारीले १५ रन बनाए। आरिफ शेख ८, कप्तान पारस खड्का ५ र उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाएर आउट भए।
थाइल्याण्डका लागि पी सनगार्डले ४ विकेट लिए।