
काठमाडौँ : ओलम्पिक छनोटअघि चीनसँग हुने मैत्रीपूर्ण खेलको लागि नेपालको राष्ट्रिय महिला टोली घोषणा भएको छ।
मुख्य प्रशिक्षक हरी खड्काले २२ सदस्यी टोली घोषणा गरेको एन्फाले जनाएको छ। ओलम्पिक छनोट र साफ च्याम्पियनसिपको लागि नेपालले तयारी गरिरहेको छ।
नेपाली टोली अक्टोबर २६ मा चीन जानेछ। चीनसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली ओलम्पिक छनोट खेल्न म्यानमार जानेछ।