PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

टिआइएमा हवाई चाप : टर्किस एक घण्टा ढिला उड्दा सय यात्रुको कनेक्टिङ फ्लाइट छुटेर अलपत्र



वसन्तराज उप्रेती

टिआइएमा हवाई चाप : टर्किस एक घण्टा ढिला उड्दा सय यात्रुको कनेक्टिङ फ्लाइट छुटेर अलपत्र
फोटो : eturbonews.com

काठमाडौं : आइतबार टर्किस एयरलाइन्सको जहाज एक घण्टा १० मिनेट ढिलो उड्दा सय जना यात्रुको कनेक्टिङ फ्लाइट छुटेको छ।

बिहान ७:३५ बजे इस्तानाबुलका लागि उड्नुपर्ने जहाज ८ बजेर ४५ मिनेटमा मात्रै उडेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। पछिल्लो एक सातादेखि हवार्इ ट्राफिक व्यवस्थापन गर्न नसक्दा हरेक फ्लाइट एक घण्टासम्म ढिला हुने गरेको छ।

'पछिल्लो समयमा कन्जेशनको समस्या पहिलेको तुलनामा धेरै घटिसकेको छ। केही समय यता मौसमको खराबीका कारण आकाशमाथि उडेका जहाजलाई मुख्य प्राथमिकता दिँदै हामीले विमानस्थलमा 'क्यू' रहेका जहाजलाई रोकेका हौँ,' क्षेत्रीले भने।

टर्किसको जहाजमा दुई सय ३० यात्रु थिए। यो मध्ये एक सय जनाको कनेक्टिङ फ्लाइट छुटेको छ।

'विहान बोर्डिङ पास लिएर हामीहरु जहाज भित्र चढिसकेका थियौँ। जहाजको ढोका बन्द भइसकेको थियो। एयर ट्राफिक कन्ट्रोल (एटीसी)ले अनुमति नदिएपछि १ घण्टा १० मिनेट रोकियो। केही यात्रुको ट्रान्जिट उता डेढ घण्टाको थियो,' एक यात्रुले भने।

विमानस्थलकै एक कर्माचारीका अनुसार सामान्यतया ३५ देखि ४० मिनेट फ्लाइट डिले हुँदै आएको छ। हाल विमानस्थलमा तीसवटा भन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीले उडान भर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell