PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

स्वतः स्थायी गर्न माग गर्दै फेरि उत्रिए राहत शिक्षक सडकमा

स्वतः स्थायी गर्न माग गर्दै फेरि उत्रिए राहत शिक्षक सडकमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः राहत कोटाका शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाडौंमा बृहत दबाब र्‍याली निकालेका छन्। आइतबार देशभरका राहत शिक्षकहरु काठमाडौंमा भेला भई स्वतः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध बृहत दबाब र्‍याली निकाल्दै सडकमा उत्रिँएका हुन्।

उनीहरुले माइतीघर मण्डलामबाट नयाँ बानेश्वरसम्म दबाब र्‍यालीसहित प्रर्दशन गरेका थिए।  सो क्रममा उनले राहत शिक्षककाे इच्छा, गुणस्तरी शिक्षा, नयाँ संघीय शिक्षा एेनमा सम्पूर्ण राहत शिक्षकलार्इ एक मुष्ट स्थायी पदस्थापना गर्ने नितिगत सुनिश्चितता गरियाेस् लेखेका प्लेकार्ड बाेकका थिए।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा आयोजित बृहत दबाब र्‍यालीमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरुले समय-समयमा स्वतः स्थायी गर्न माग गर्दै विराेध प्रदर्शन गर्दै अाएका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell