PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

पैसा नपर्ने सुशासन दुई तिहाईको सरकारले किन दिन नसकेको : प्रमलाई शेखर कोइरालाको प्रश्न



पहिलोपोस्ट

पैसा नपर्ने सुशासन दुई तिहाईको सरकारले किन दिन नसकेको : प्रमलाई शेखर कोइरालाको प्रश्न

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुशासन दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। 

राष्ट्रिय सभागृहमा आयोजित पुस्तक विमोचन समारोहमा अतिथिका रुपमा निम्त्याइएका कोइरालाले प्रधानमन्त्रीलाई लक्षित गर्दै सोधे, 'पैसा नपर्ने सुशासन दुइतिहाइको सरकारले किन दिन नसकेको? किन सुशासन दिनमा कन्जुस्याइँ?'

पछिल्लो समयमा निकै आलोचित गृहमन्त्री रामबहादुर थापा 'बादल' प्रति लक्षित गर्दै उनले भने, 'निर्मला पन्तको बलात्कार पूँजीवादले भन्न सुहाउँछ गृहमन्त्रीले संसदमा?

उनले उखुको भाउ घट्दा किन चिनीको भाउ बढेको भन्ने प्रश्न राख्दै आफ्नो अनुभव पनि सुनाए, 'मेरो पनि १० विघामा उखु खेती छ। भाउ पाइरहेको छैन।'

शुभशंकर कँडेलद्वारा लिखित पुस्तक अवतरणको विमोचन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell