PahiloPost

Apr 10, 2025 | २७ चैत्र २०८१

सरकारकाे काम कारबाही सलल‍‍‍... बगेन भन्दैमा अन्यथा नलिनुस्ः उपप्रधान पोखरेल



रासस

सरकारकाे काम कारबाही सलल‍‍‍... बगेन भन्दैमा अन्यथा नलिनुस्ः उपप्रधान पोखरेल

दमौलीः उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल आर्थिक विकास र समृद्धि सबै पार्टीको साझा लक्ष्य भएको बताएका छन‍्। तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठका बुबा स्व. केवलबहादुर श्रेष्ठको १३ औँ दिनको पुण्यतिथिमा अाइतबार दमौलीमा आयोजित श्रद्धाञ्जलीसभामा उपप्रधानमन्त्री पोखरेलले आर्थिक विकास र समृद्धिका लागि लाग्नुपर्ने आवश्यकता रहेको बताए। 

उनले भने, 'जुनसुकै पार्टीमा बाँधिए पनि वा पार्टी बाहिर रहे पनि सबैले आर्थिक विकास र समृद्धिको लक्ष्य बनाउनुपर्छ।' नौ-नौ महिनामा सरकार ढल्ने दुर्भाग्य सिलसिलाबाट नेपालले मुक्ति पाएको चर्चा गर्दै उपप्रधानमन्त्री पोखरेलले अब नेपाली जनताले राजनीतिक अस्थिरताको दुष्चक्रमा पर्नु नपर्ने बताए। 

'हामीले प्रतिस्पर्धा राजनीतिमा गर्‍यौँ, प्रतिस्पर्धाको परिणाम पनि हामीले पायौँ,' उनले भने, 'अब विकास निर्माणका लागि साझा सहमति र सहकार्य गरि अघि बढ्नुकाे विकल्प छैन।' 

जनतासँग कबुल गरेका सबै प्रतिबद्धता पूरा गरेर छाड्ने उपप्रधानमन्त्री पोखरेलले बताए। 'अहिले यतिबेला सबै कुरा सलल‍‍‍... बगेको जस्तो देखिएन भनेर अन्यथा लिनु जरुरी छैन,' उनले भने, 'हिजो चुनावका बेलामा जुन प्रतिबद्धताहरु गरेका थियौँ, ती सबै कुरा पूरा गर्छौं।' 

गणको निरीक्षण

उपप्रधानमन्त्री पोखरेलले व्यास नगरपालिका–५ चापाघाटस्थित कृष्णदल गणको निरीक्षण गरेका छन्। 

अाइतबार तनहुँका विभिन्न कार्यक्रममा सहभागी हुन आएका उपप्रधानमन्त्री पोख्रेलले उक्त गणको स्थलगत वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायतका विविध पक्षबारे जानकारी लिएका हुन्।

उनले आजै भानु नगरपालिका–१ मा रहेको नेपाली सेनाको बारुदखानाको समेत निरीक्षण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell