PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

एउटा किताब मैले, अर्को ओलीले नलेखेसम्म शान्ति प्रक्रिया पूरा हुँदैन : प्रचण्ड



पहिलोपोस्ट

एउटा किताब मैले, अर्को ओलीले नलेखेसम्म शान्ति प्रक्रिया पूरा हुँदैन : प्रचण्ड

काठमाडौँ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले र अर्का अध्यक्ष केपी ओलीले एउटा किताब नलेखेसम्म नेपालको शान्ति प्रक्रिया पूरा नहुने बताएका छन्। 

राष्ट्रिय सभागृहमा आयोजित पुस्तक विमोचन समारोहमा अतिथिका रुपमा निम्त्याइएका प्रचण्डले नेपालको शान्ति प्रक्रिया पूरा भयो भनी भर्खरै अमेरिका र कोस्टारिका भ्रमणमा जाँदा प्रधानमन्त्रीले भनेको कुरा स्मरण गर्दै आभार जनाए। 

‘केही पूरा भएको छैन’, उनले भने, ‘एउटा किताब मैले र एउटा ओलीज्युले नलेखेसम्म पूर्णता नहुने देखियो। अब लेख्नुपर्ने भो।‘

कुनै कुनै शान्ति प्रक्रिया ध्वस्त भएका पनि उदाहरण भएको बताउँदै उनले शान्ति प्रक्रियामा आउन आफूले चाहेरमात्र नहुने पनि स्वीकारे। 

आफू सेफ ल्यान्डिङको खोजीमा रहेको र दरबार हत्याकाण्ड र राजा ज्ञानेन्द्रको कामले शान्ति स्थापना र राजनीतिक रुपान्तरणका लागि वातावरण मिलेको उनले बताए। 

उनले तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पनि सम्झिए। उनको आँट र भूमिकालाई मिनिमाइज गर्न नहुने भन्दै प्रचण्डले माओवादीको राक्षसको जस्तो छवि गिरिजाप्रसादसँग वार्ता र सम्झौतापछि मेटिएको स्मरण गरे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell