PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

सत्तासीन दलकै सांसदकाे अर्थमन्त्रीलार्इ प्रश्नः स्रोत सुनिश्चित गरिएका आयोजनाको बजेट किन कटौति गरियाे ?



पहिलोपोस्ट

सत्तासीन दलकै सांसदकाे अर्थमन्त्रीलार्इ प्रश्नः स्रोत सुनिश्चित गरिएका आयोजनाको बजेट किन कटौति गरियाे  ?

काठमाडाैँः सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)कै सांसदहरुले  स्रोत सुनिश्चित गरिएका आयोजनाको बजेट कटौति गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन । 

ने क पाका प्रतिनिधिसभाका सांसद एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले स्रोत सुनिश्चित गरिएको आयोजनाको बजेट कटौति गरेको भन्दै अर्थ मन्त्रालयको चर्को आलोचना गरेका हुन् ।

संघीय संसद अन्तरगतको अर्थ समितिको आइतबारको बैठकमा सांसद पौडेलले निर्माणाधिन आयोजनाको कामलाई अलपत्र पार्ने काम नगर्न अर्थ मन्त्रालयलाई सचेत गराए।

नेकपाकै सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले साना आयोजनाको जिम्मा स्थानीय तहलाई नदिएको बारे सरकारकाे  ध्यानाकर्षण गराए। उनले साना आयोजना स्थानीय तहलाई दिने प्रतिवद्धताबाट सरकार किन हटेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रश्न पनि गरे।

बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा राजस्व सचिव शिशिरकुमार ढुंगानाले खर्चको प्रभावकारिता हेरेर मन्त्रालयले आयोजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्ने गरेको बताए।

उनले सरकारले साना, ठूला सबै आयोजनाको निर्माण कार्यलाई उत्तिकै प्राथमिकता दिएको पनि स्पष्ट पारे। सचिव ढुंगानाले राजस्व संकलनको कामलाई प्रभावकारी बनाउन सरकारले विद्युतीय प्रणालीको विकासमा जोड दिएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell