PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

घुसमा टिभीसमेत लिन्थे बौद्धका डिएसपी राई



पहिलोपोस्ट

घुसमा टिभीसमेत लिन्थे बौद्धका डिएसपी राई

काठमाडौँः केही महिना अगाडि मात्र महानगरीय प्रहरी वृत्त बौद्धको जिम्मेवारी सम्हालेका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईले नगद मात्र होइन जिन्सी सामग्रीसमेत घुस लिने गरेको खुलासा भएकाे छ।

राईले केही समय अगाडि सेवाग्राही घुसको रुपमा सोनी टीभी खरिद गरी ल्याइदिन लगाएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रामेश्वर दंगालले जानकारी दिए। त्यस्तै डिएसपी राईकै संरक्षणमा बौद्धमा जुवा खेल हुने गरेकाे उजुरी महानगरीय प्रहरी परिसर काठमाडौंमा परेको थियो। 

साेही अाराेपमा राई शनिबार साँझ पक्राउ परे।  आयोगको टोलीले पटक-पटकको प्रयासपछि राईलाई पक्राउ गर्न सफल भएको हो। डिएसपी राईविरुद्ध पहिले नै आयोगमा उजुरी परे पनि उनी पक्राउ परेका थिएनन्। 

टोलीले डिएसपी राईलाई सेवाग्राहीबाट घुस लिइरहेको अवस्था पक्राउ गरेको थियो। आयोगको टोलीले राईको साथबाट घुस वापत लिएको १ लाख ४० हजार रुपैयाँ समेत फेला पारेको आयोगका सहसचिव दंगालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell