PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

इपीएल : यू-१९ टिमका प्रशिक्षक विनोद दास काठमाडौँ किंग्स ११ को क्रिकेट निर्देशक नियुक्त



पहिलोपोस्ट

इपीएल : यू-१९ टिमका प्रशिक्षक विनोद दास काठमाडौँ किंग्स ११ को क्रिकेट निर्देशक नियुक्त

काठमाडौँ :  यू-१९ राष्ट्रिय टिमका प्रशिक्षक विनोद दास एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने टिम काठमाडौँ किंग्स ११ को क्रिकेट निर्देशक डिरेक्टर अफ क्रिकेट नियुक्त भएका छन्।

आगामी डिसेम्वर ८ बाट काठमाडौँमा हुने इपीएल टी-२० का लागि काठमाडौँले दासलाई आइतवार उक्त पदमा नियुक्त गरेको जनाएको छ।

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका दासले भर्खरै बंगलादेशमा यू-१९ एसिया कप खेलेर आएको टिमको प्रशिक्षण सम्हालेका थिए।

काठमाडौँ किंग्सले एक विज्ञप्ती जारी गर्दै तीन विदेशी खेलाडी अनुबन्ध गरेपछि दासलाई क्रिकेट नियुक्त गरेर र उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै खेलाडीसँग काम गर्ने जनाएको छ।

यस्तै दासले काठमाडौँ किंग्स ११ राम्रो फ्रेन्चाइज टिम भएको बताउँदै टिमको विकास र इपीएलमा रणनीति बनाउने दुवै काममा सहयोग गर्ने बताएका छन्।

दास सन् २००२ मा गोर्खा दक्षिण बाहु चौथो र राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भइसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell