PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

निर्मला हत्याको ७२ दिनपछि बल्ल बोल्यो मानवअधिकार आयोग : डिएनएमै शंका, सरकारलाई ८ बूँदे निर्देशन



पहिलोपोस्ट

निर्मला हत्याको ७२ दिनपछि बल्ल बोल्यो मानवअधिकार आयोग : डिएनएमै शंका, सरकारलाई ८ बूँदे निर्देशन

काठमाडौँ: कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७२ दिनपछि संवैधानिक निकाय राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई ८ बूँदे निर्देशन दिएको छ। 

आयोगले डिएनए परीक्षण र भेजिनल स्वाबमाथि नै प्रश्न गरेको छ। आयोगको निर्देशनमा भनिएको छ, 'शंकास्पद व्यक्तिको डिएनए गरिएको भनिए पनि उक्त ल्याबमा प्रयोग गरिएका औजार, रसायन, यौनिक स्वाब सुरक्षा र विर्य परिक्षण गर्ने पर्याप्त तत्व थियो वा थिएन यसको बारेमा पुनः विश्लेषण तथा जाँच गर्नु गरी यकिन गर्न।'

एसपी डिल्लिराज विष्ट, उनका छोरा किरणराज विष्ट र भीमदत्त नगरपालिकाका मेयरका भतिजा तीनै जनाको डिएनए परीक्षण गर्दा उनीहरुको डिएनए निर्मला पन्तको भेजिनल स्वाबमा भेटिएको पुरुष वीर्यको डिएनएएसँग नमिलेको रिपोर्ट सार्वजनिक भएको थियो। प्रहरीले शंकास्पद व्यक्तिको डिएनए नेपाल प्रहरीको आफ्नै ल्याब र स्वतन्त्र ल्याब राष्ट्रिय विधि विज्ञान प्रयोगशाला दुवैमा गराए पनि निर्मलाको शवबाट निकालिएको भेजिनल स्वाब भने प्रहरीको आफ्नै ल्याबमा मात्र परीक्षण गराएको थियो।

घटनामा प्रहरीले लापरबाही गरेको, पीडितको समयमा नै गुनासो नसुनेको, घटना पत्ता लगाउन प्रहरीको कुकुर समेत परिचालन नगरेकाले प्रहरीलाई कारबाहीसमेत गर्ने निर्देशन मानवअधिकार आयोगले दिएको छ। 

यस्तो छ आयोगको ८ बूँदे निर्देशन


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell