
प्रिमियर लिगमा आइतवार लण्डन क्लब आर्सनलले शानदार जित हात पारेको छ। आर्सनलले फुलह्यामलाई उसैको मैदानमा ५-१ ले पराजित गर्दृ यस सिजन लगातार छैटौँ जित हात पारेको हो।
आर्सनलको लागि एलेक्जान्डर लाकाजाटेले र पिएरे एमरिक औवामेयाङले दुई-दुई गोल गरे। यस्तै बरोन राम्सले एक गोल गरे। फुलह्यामका लागि घरेलु मैदानमा आन्द्रे सुर्लेले एक गोल फर्काए।
यस सिजन सुरुवाती दुई खेलमा पराजित भएको आर्सनलले त्यसयता लगातार ६ खेल जितेको हो। जितपछि ८ खेलबाट १८ अंक जोडेको आर्सनल अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। समान अंक भएपनि आर्सनलले टोटनहमलाई गोलअन्तरमा पछि पारेको छ।