
काठमाडौँ : भुटानमा भएको साफ यू-१८ वुमन्स च्याम्पियसिपको उपाधि बंगलादेशले जितेको छ। उपाधि जित्ने लक्ष्य सहित भुटान पुगेको नेपालले भने उपविजेतामा चित्त बुझाएको छ।
आइतवार भएको फाइनलमा नेपाललाई १-० ले पराजित गर्दै बंगलादेश पहिलो संस्करणको च्याम्पियन बन्यो। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा बंगलादेशले एक गोल गर्दै खेल जित्यो। नेपालले उपविजेतामै चित्त बुझाउन बाध्य भयो।
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा बंगलादेशका लागि मसुरा पर्विनले ४८औँ मिनेटमा गोल गरिन्।
समूह चरणमा पनि नेपाल र बंगलादेश भिडेका थिए। जहाँ बंगलादेश २-१ ले विजयी भएको थियो।