PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रिमियर लिग : म्यानचेष्टर सिटी र लिभरपुलले खेले बराबरी, चेल्सी विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर सिटी र लिभरपुलले खेले बराबरी, चेल्सी विजयी

प्रिमियर लिग अन्तर्गत आइतवार भएको खेलमा म्यानचेष्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन्। लिभरपुलको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा सिटीले पेनाल्टी हान्ने अवसर पाएको थियो। तर रियाद महारेजले पेनाल्टीमा गोल गर्न नसकेपछि सिटीले अग्रता लिने मौका गुमाएको थियो।

बराबरीपछि दुवै टोलीले १/१ अंक बाँडे। त्यसअघि चेल्सी साउथह्याम्पटनलाई ३-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो। तर सिटी लिभरपुल विरुद्ध एक अंक जोडेपछि सिटी पुन: शीर्ष स्थानमा फर्किएको छ।

समान ८ खेलपछि सिटी, चेल्सी र लिभरपुलको २०-२० अंक छ। तर गोलअन्तरमा सिटी पहिलो, चेल्सी दोस्रो र लिभरपुल तेस्रो स्थानमा छ। यस सिजन यी तिन वटै क्लब अपराजित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell