
स्पानिस ला लिगामा गएराती भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ। त्यसअघि सेभिया सेल्टा भिगोलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको थियो।
बार्सिलोना सामु भ्यालेन्सियालाई पराजित गर्दै शीर्ष स्थानमा फर्कने मौका थियो। तर अवे मैदानमा भ्यालेन्सियासँग १-१ को बराबरीमा रोकिएपछि बार्सिलोना अंक तालिमाका सेभिया भन्दा पछि परेको हो। घरेलु मैदानमा इजेक्वेल ग्रेले तेस्रो मिनेटमै गोल गर्दै भ्यालेन्सिायलाई अग्रता दिलाएका थिए। बार्सिलोनाका लागि लियोनल मेसीले २३औँ मिनेटमा बराबरी गोल फर्काए।
समान ८ खेलबाट सेभियाको १६ तथा बार्सिलोनाको १५ अंक छ। एट्लेटिको मड्रिडको पनि समान अंक रहेको छ तर गोलअन्तरमा बार्सिलोना अगाडी छ।
सेभियालाई जित दिलाउन पाब्लो सराबिया र विसम वेन येडरले एक-एक गोल गरे। सेल्टाको लागि सोफियन बाउफलले एक गोल फर्काए। अराउजोले रातो कार्ड पाएपछि दवस्रो हाफमा सेल्टा दश खेलाडीमा झरेको थियो।
यसैगरी एट्लेटिकोलाई जित दिलाउन दोस्रो हाफमा एन्जल कोरेअले एक मात्र गोल गरे।