PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

फ्रेन्च लिग : किलिएन एमबाप्पेले १३ मिनेटमा चार गोल गरेपछि पीएसजीको शानदार जित



पहिलोपोस्ट

फ्रेन्च लिग : किलिएन एमबाप्पेले १३ मिनेटमा चार गोल गरेपछि पीएसजीको शानदार जित

युवा स्टार किलिएन एमबाप्पेले १३ मिनेटको अन्तरमा चार गोल गरेपछि पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वानमा लियोनमाथि शानदार जित हात पारेको छ।

दोस्रो हाफमा एमबाप्पेले गरेको चार गोल मद्दतमा पीएसजीले लियोनलाई ५-० ले हरायो। यस सिजन अपराजित पीएसजीको यो लगातार नवौँ जित हो। एमबाप्पेले ६१औँ मिनेटमा पहिलो गोल गरेका थिए। ६६औँ र ६९औँ मिनेटमा गोल थप्दै उनले ८ मिनेटमै ह्याट्रिक पुरा गरे। एमबाप्पेले चौथो गोल ७४औँ मिनेटमा गरे।

त्यसअघि खेलको नवौँ मिनेटमै नेमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए।

पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा दुवै टोलीले समान दश खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए। प्रेसनेस किम्बेम्पे ३५औँ र लियोनका लुकास टाउसाटले ४५औँ मिनेटमा रातो कार्ड पाएका थिए।

लगातार नवौँ जितपछि ९ खेलबा २७ अंक जोडेको पीएसजी शीर्ष स्थानमा आसिन छ र दोस्रो स्थानको लिलेन्दा ८ अंकले अघि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell