PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

नेकपाको सचिवालय बैठक बस्दै



पहिलोपोस्ट

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौँः अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवस्तताको कारण आइतबार बस्न नसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। आइतबार अन्तिम समयमा बैठक स्थगित भएको थियो। आइतबार अपराह्न ४ बजेका लागि बैठक बोलाइएको थियो। 

यसअघि प्रदेश अध्यक्ष तथा इञ्चार्ज तोक्ने काम सम्पन्न गरेको सचिवालयले आजको बैठकबाट प्रदेश, जिल्ला तथा स्थानीय तहमा पार्टी एकीकरणको प्रक्रिया अघि बढाउनेबारे छलफल गर्दैछ। पार्टी एकीकरणको लामो समय भए पनि जनवर्गीय तथा प्रवास संगठनको एकीकरणको खाका पनि बन्न सकेको छैन। 

यसअघिको सचिवालय बैठकले परामर्श बिना नै प्रदेश कमिटीका अध्यक्ष, इञ्चार्ज तथा सचिव तोक्ने काम गरेको भन्दै वरिष्ठ नेता माधवकुकार नेपाल असन्तुष्ट छन्। नेपाल विदेशमा रहेका बेला जिम्मेवारी तोकिएको भन्दै उनले आलोचना गर्दै आएका छन्। पछिल्लो समय उनले पार्टी नेतृत्व र सरकारबारे सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell