PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

भूकम्पपछिको पुनर्निर्माणः प्राधिकरणद्वारा चार एकीकृत बस्ती बनाउन योजना स्वीकृत, तीन लाख नयाँ घर बने



पहिलोपोस्ट

भूकम्पपछिको पुनर्निर्माणः प्राधिकरणद्वारा चार एकीकृत बस्ती बनाउन योजना स्वीकृत, तीन लाख नयाँ घर बने

काठमाडौँः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट अति प्रभावित तीन जिल्लाका चार एकीकृत बस्ती निर्माणका लागि योजना स्वीकृत गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा आइतबार बसेको कार्यकारी समितिको बैठकले ओखलढुङ्गा, सिन्धुपाल्चोक र काठमाडौँमा गरी चार स्थानका एकीकृत बस्ती निर्माणको प्रारम्भिक योजना स्वीकृत गरेको हो। 

प्राधिकरणले ओखलढुंगाको मोलुङ गाउँपालिका ३ फुयाल गाउँस्थित फुयाल गाउँ एकीकृत नमुना बस्ती, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १४ को माझी बस्तीको एकीकृत बस्ती योजना स्वीकृत गरेको हो। माझी बस्ती श्वेता श्री फाउण्डेसनको सहयोगमा बन्ने बन्न लागेको हो। 

यस्तै बैठकले सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका १२ गिरानचौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजना पनि प्राधिकरणले स्वीकृत गरेको छ। कार्यकारी समितिले काठमाडौँको शंखरापुर नगरपालिका ७ पुखुलाछिस्थित सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ ।  

प्राधिकरणका अनुसार फुयाल गाउँ एकीकृत नमुना बस्तीमा १२ घरधुरी, झ्याडीटोल एकीकृत बस्तीमा ५६ घरधुरी,  गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजनामा १३५ घरधुरी र सिर्जनशील एकीकृत बस्ती विकासमा १६ वटा घरधुरी हुनेछन्।


तीन लाखभन्दा बढी घर बने

यसैबीच, पुनर्निर्माण सम्पन्न निजी आवासको संख्या तीन लाख भन्दा बढी भएको छ। प्राधिकरणका अनुसार तीन लाख ५ हजार ८८३ निजी आवासको पुनर्निर्माण सम्पन्न भएका छन्। यस्तै, दुई लाख ५१ हजार ५२७ घर निर्माणका क्रममा छन् । 

निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गर्ने लाभग्राहीको संख्या ७ लाख २६ हजार ९१७ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell