PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सिन्धुपाल्चोकमा टिपर दुर्घटनाः एकको मृत्यु, दुई जना घाइते



पहिलोपोस्ट

सिन्धुपाल्चोकमा टिपर दुर्घटनाः एकको मृत्यु, दुई जना घाइते

चौताराः सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा ४ ख ३३३१ नम्बरको टिपर आइतबार बेलुका दुर्घटना हुँदा बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा बाह्रबिसे नपा–७ निवासी चालक २२ वर्षीय रमेश श्रेष्ठ र सहचालक काभ्रे पाँचखाल नपा–५ का २४ वर्षीय प्रवीण बानियाँ घाइते भएका छन्। उनीहरु दुबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

ढुङ्गा लोड गरिएको उक्त टिपर सडक भासिएर करिब २०० मिटर तल घेलुङ खोलामा खसेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell