PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

घरायसी विवादमा २० वर्षीया रोशनीले गरिन शरीरमा आगो लगाएर आत्महत्या



पहिलोपोस्ट

घरायसी विवादमा २० वर्षीया रोशनीले गरिन शरीरमा आगो लगाएर आत्महत्या
प्रतीकात्मक तस्विर, घटनासँग तस्विर सम्बन्धित छैन।

राजविराजः सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन। 

स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर ९गाईगोठ०मा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक प्रतीक विष्टले बताए। 

घरमा कोही नभएको बेला मट्टितेल छर्किएर आगो लगाउँदा राउतको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

भारतको बिहारराज्यको सुपौल माइती भएकी रोशनीकी श्रीमान सुनील राउत विराटनगर–जनकपुर चल्ने बसमा सहचालकको रूपमा काम गर्दै आएको प्रहरीले जनाएको छ। 

सुनीलसँग सामाजिक परम्परा अनुसार ६ महिनाअघि रोशनीको विवाह भएको थियो। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell