PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

धावनमार्गमै यतिको जहाजमा स्याल ठोक्कियो



पहिलोपोस्ट

धावनमार्गमै यतिको जहाजमा स्याल ठोक्कियो

काठमाडौँः नेपालगन्ज विमानस्थलमा  यति एयरलाइन्सको विमानमा स्याल ठोक्किएको छ। विमानको बायाँ भागमा स्याल ठोक्किँदा सामान्य क्षति पुगेको छ। 

काठमाडौँबाट नेपालगन्जको लागि उडेको यति एयरको 'नाइन एन एएमएम' कल साइनको विमान अवतरणको क्रममा आइतबार राति करिब ८ बजे स्याल ठोक्किएको हो। विमानमा सामान्य क्षति पुगे पनि सवार यात्रुहरु सकुशल रहेको नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए।

आइतबार साँझ अवतरण गर्ने क्रममा धावन मार्गमा स्याल ठोकिएको हो।

प्रमुख ठाकुरले भने,'धावनमार्ग छेउमा झाडी भएकाले अवतरण गर्ने क्रममा स्याल ठोकिएको हो। हामीले सबै झाडी फाल्न निर्देशन गरिसेका छौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell