PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

निर्मला हत्या प्रकरणः शव र लुगा पखाल्ने दुई प्रहरी निलम्बित



पहिलोपोस्ट

निर्मला हत्या प्रकरणः शव र लुगा पखाल्ने दुई प्रहरी निलम्बित

काठमाडौँः १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना अनुसन्धानमा लापरबाही गरेको आरोपमा थप दुई प्रहरी निलम्बनमा परेका छन्।

एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको छानबिन प्रतिवेदनका आधारमा दुई जनालाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाल क्षेत्रीले जानकारी दिए।

घटना भएको दिन निर्मला पन्तको शवको लुगा पखाल्ने चाँदनी साउद र सोको अफिसर सई हरसिंह धामीलाई निलम्बन गरिएको हो। साउदले निर्मलाको शवको कपडा पखाल्न र तिघ्रा सफा गर्न कसैले नभनेको सरकारले गठन गरेको छानबिन समितिलाई बयानमा बताएकी थिइन्।

भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिस अनुसार यसअघि नै ६ जना प्रहरीलाई निलम्बन गरिसकिएको छ। निलम्बनमा पर्नेहरूमा एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकिन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी रहेका छन्।

घटनामा प्रहरीप्रति शंका बढेपछि गृह मन्त्रालयले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई भदौ ९ निलम्बन गरेको थियो। डिएसपी जिसी केन्द्रीय अनुसन्धान व्यूरोबाट अनुसन्धान गर्न गएका प्रहरी हुन्। निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार दिनपछि अनुसन्धानका लागि सिआइवीको टोली कञ्चनपुर पुगेको थियो। 

एआइजी धिरु बस्नेतको नेतृत्वमा गठित समितिले घटनामा संलग्न सबै प्रहरीको अनुसन्धान गरिरहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell