PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

तनुश्रीका तस्वीर जलाएर विरोध प्रदर्शन



पहिलोपोस्ट

तनुश्रीका तस्वीर जलाएर विरोध प्रदर्शन

बलिउड अभिनेत्री तनुश्री दत्तका विरुद्धमा महाराष्ट्रका विधुवाहरु उत्रिका छन्। पाटेकरको पक्ष लिँदै उनीहरुले  तनुश्रीका तस्वीर जलाइदिएका छन्। उक्त समुहले नानालाई ‘दाइ’ सम्बोधन गर्दै उनीमाथि गलत आरोप लगाएको बताएका छन्।

पाटेकरले १० वर्षअघि ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेको आरोपमा तनुश्रीले प्रहरीमा उजुरी गरेसँगै यस किसिमको विरोध प्रदर्शन भएको हो।

बलिउडमा अहिले तनुश्री र नानाका विषयमा चर्चा चुलिएको छ। तनुश्रीका विपक्षमा महाराष्ट्र उत्रिए पनि उनका पक्षमा फिल्मकर्मी छन्। प्रियंका चोपडा, काजोल, फरान अख्तरलगायत अन्य फिल्मकर्मीले उनलाई साथ दिएको कुरा भारतीय मिडियामा उल्लेख छन्।  

हास्यकलाकार कपिल शर्माले पनि तनुश्री कै पक्षमा बोलेका छन्। उनले भनेका छन् ‘यदि तनुश्रीसँग त्यस्तो व्यवहार भएको हो भने दुर्भाग्य नै हो’। तनुश्रीले २००८ मा फिल्म ‘हर्न ओके प्लिज’को छायाँकन स्थलमा नानाले 'सेक्सुअल ह्यारेसमेन्ट' गरेको बताउँदै आएकी छिन्। फिल्म कै निर्देशक र निर्माताले पनि तनुश्रीले गलत आरोप लगाउँदै आएको बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell