
काठमाडौः नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालय बैठक नेताहरुको विदेश भ्रमणको ब्रिफिङमै सकिएको छ। पछिल्लो समय पार्टी र सरकारको काम काबाहीबारे देखिएको विवादबारे छलफल गर्ने भनिए पनि बैठक नेताहरुको विदेश भ्रमणको ब्रिफिङ गरेर सकिएको हो ।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओलीको अमेरिका तथा कोस्टारिका,पुष्पकमल दाहाल प्रचण्डको चीन, वरिष्ठ नेता माधन नेपालको घाना र चीन तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको चीन भ्रमणका विषयमा जानकारी गराइको थियो।
सबै नेताहरुको विदेश भ्रमणमा भएको उच्च स्तरिय भेटघाट र सफल भएको बारे जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए। पार्टी नेतृत्वमा देखिएको असन्तुष्टिका विषयमा आज छलफल नभएको प्रवक्ता श्रेष्ठले भनाइ थियो।
उनले २४ गते बिहान ८ बजे अर्को सचिवालय बैठक बस्ने निर्णय भएको जानकारी पनि गराए। उनका अनुसार साथै बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ। तर, बैठकको मिति भने तय भएको छैन।