PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

चेल्सीका पूर्वकप्तान टेरीले लिए सन्यास



पहिलोपोस्ट

चेल्सीका पूर्वकप्तान टेरीले लिए सन्यास

चेल्सीका पुर्व कप्तान जोन टेरीले फुटबल खेलबाट सन्यासको घोषणा गरेका छन्। इंग्ल्याण्डको राष्ट्रिय टोलीको समेत पूर्व कप्तान रहेका ३७ वर्षीय डिफेन्डरले खेलाडी जीवनबाट सन्यास लिएका हुन्।

इंग्ल्याण्डको दोस्रो श्रेणीको क्लब लिग च्याम्पियनसिप क्लब एस्टन भिल्ला छाडेपछि क्लबविहिन रहेका टेरीले खेलाडी करियरमा पूर्णविराम लगाएका हुन्।

'फुटबलरको रुपमा २३ वर्षको अविश्वसनीय यात्रापछि मेरो लागि सन्यास लिने यो नै उपयुक्त समय हो।' टेरीले इन्स्टाग्राममा लेखेका छन्।

इंगल्याण्डको राष्ट्रिय टोलीका लागि ७८ क्याप जितेका टेरी सन् २०१७ मा चेल्सी छाड्नुअघि लण्डन क्लबमा २ दशक बिताएका थिए।

२०१७-१८ को सिजन च्याम्पियनसिप खेलेका टेरीले प्रोफेसनल खेलको रुपमा गत मे मा फुलहम विरुद्ध एस्टन भिल्लाका लागि खेलेका थिए।

उनले लण्ड क्लब चेल्सीको लागि स्टामफोर्ड ब्रिजमा ५ प्रिमियर लिग, ५ एफए कप र एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए। सेन्टर डिफेन्सबाट खेल्ने टेरीले ५ लिग कप र एक पटक युरोपा लिगको उपाधि समेत जितेका थिए। चेल्सीको इतिहासमा एक उत्कृष्ट खेलाडीको रुपमा रहेका टेरीले क्लबका लागि ७ सय बढी खेल खेलेका थिए।

टेरीले सन् १९९८ अक्टोवरमा एस्टल भिल्ला विरुद्ध लिग कप खेलमार्फत चेल्सीका लागि डेब्यु गरेका थिए। उनले २००० को एफए कपमा छैटौँ श्रेणीको क्लब गिलिनघाम विरुद्ध चेल्सीका लागि पहिलो गोल गरेका थिए।

एस्टन भिल्ला विरुद्ध चेल्स



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell