PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

कांग्रेसले सरकारलार्इ भन्याेः वाइडबडी विमान खरिदबारे छानविन गराैँ, बुढीगण्डकी स्वदेशी पूँजीमै बनाऊ



पहिलोपोस्ट

कांग्रेसले सरकारलार्इ भन्याेः वाइडबडी विमान खरिदबारे छानविन गराैँ, बुढीगण्डकी स्वदेशी पूँजीमै बनाऊ

 काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले समसामयिक जनजीविकाका विषयमा विभिन्न निर्णय गरेको छ।

आइतबार राति सकिएको बैठकले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा देखिएको अनियमितताका सम्बन्धमा भइरहेको छानविनलाई शीघ्र टुङ्गोमा पुर्‍याइ दोषीलाई कानूनी कारबाही गर्न माग गरेको हो। 

साथै बूढीगण्डकी जलविद्युत् आयोजनाका सम्बन्धमा कांग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा गठित समितिले गरेको अध्ययन प्रतिवेदनका आधारमा स्वदेशी पूँजीमै बनाउनुपर्ने, बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ।

पछिल्लो समय मुलुकभर महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै शान्ति, सुरक्षा सुदृढ बनाउन बैठकले सरकारसँग माग गरेको छ।

चाडपर्वको मुखमा बजारमा चर्को मूल्यवृद्धि भएको प्रति सरकारको ध्यानाकर्षण गराउँदै कांग्रेसले ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने प्रस्तावसमेत निर्यण गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell