PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

सुदूरपश्चिम प्रदेश सभाका ४ वटा विषयगत समितिमा भागभण्डा, कुन समितिमा को?



एम बम

 सुदूरपश्चिम प्रदेश सभाका ४ वटा विषयगत समितिमा भागभण्डा, कुन समितिमा को?

कैलालीः सुदूरपश्चिम प्रदेश सभाले समिति गठन भएको झण्डै सात महिनापछि भागवण्डाका आधारमा विषयगत समितिको नेतृत्व चयन गरेको छ। लामो रस्साकस्सीपछि दलहरु भागवण्डाका आधारमा निर्विरोध नेतृत्व चुन्न सहमत भएका हुन्। 

प्रदेश सभाका विभिन्न चार वटा समितिका सभापति चयनका लागि आइतवार उम्मेदवारी दर्ताको कार्यक्रम रहेकोमा चारवटै समितिमा एकल उम्मेदवारी परेकाे हाे। चार वटा समितिमध्ये तीन वटामा सत्तासीन दल नेकपा र एउटा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेद्वार  निर्विरोध भएका हुन्।

अर्थ विकास तथा प्राकृतिक समितिको सभापतिमा हर्कबहादुर कुँवर ‘गोविन्द’, सामाजिक विकास समितिको सभापतिमा कुन्ती जोशी, विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपालू चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा कुमारी नन्दा बम चयन भएका छन्। 

कुँवर, जोशी, चौधरी नेकपा र बम कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य हुन्। सभापतिहरुलाई सभामुख अर्जुनबहादुर थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले विषयगत समितिमा निर्वाचित सभापतिहरुको नामावलीसहितको  जानकारी गराएका थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell