PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

बालोन डे'ओर अवार्डका लागि मनोनयन सार्वजनिक, हेर्नुस को-को परे



पहिलोपोस्ट

बालोन डे'ओर अवार्डका लागि मनोनयन सार्वजनिक, हेर्नुस को-को परे

फ्रान्स फुटबल म्यागाजिनले सन १९५६ देखि प्रदान गर्दै आएको बालोन डे'ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक भएको छ। फ्रान्स फुटबलले सोमवार ६ चरणमा ३० खेलाडीको नाम सार्वजनिक गरेको छ।

जसमा साविक विजेता क्रिस्टियानो रोनाल्डो देखि पूर्व विजेता लियोनल मेसी, फिफा वेस्ट अवार्ड विजेता लुका मोडरिच, फ्रान्सका युवा स्टार किलिएन एम्बाप्पेल लगायतका खेलाडी छन्।

सन् २०१० देखि फिफासँग मिलेर फिफा बालोन डे ओर अवार्ड प्रदान गर्न थालिएको थियो। तर २०१६ पछि भने यी दुईको सहकार्य अन्त्य भयो र छुट्टा-छुट्टै अवार्ड प्रदान गर्न थालियो। त्यसपछि फिफाले नयाँ नाममा फिफा बेस्ट अवार्ड आयोजना गर्न थालेको होऽ

यस्तै म्यागाजिनले पहिलो पटक महिला खेलाडीलाई समेत बालोन डे ओर अवार्ड प्रदान गर्ने भएको छ। त्यसका लागि १५ खेलाडीको सूची सार्वजनिक गरेको छ। यसैगरी पहिलो पटक प्रदान गर्न लागिएको यू-२१ बालोन डे ओरका लागि एम्बाप्पेसहित १० खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ। 
 

बालोन डे ओर अवार्डको पुरुष मनोनयनमा सबैभन्दा धेरै स्पानिस क्लब रियल मड्रिडबाट ८ खेलाडी परेका छन्। यस्तै स्पेनकै बार्सिलोना र एट्लेटिको मड्रिडबाट ३-३ खेलाडी मनोनयनमा छन्।

इंग्लिस क्लब लिभरपुलबाट ४, चेल्सी, च्याम्नेष्टर सिटी, टोटनहम हट्सपरबाट समान २ तथा म्यानचेष्टर युनाइटेडबाट एक खेलाडी मनोनयनमा छन्। यसैगरी फ्रेन्च क्लब पीएसजीबाट ३ र इटालियन क्लब युभेन्ट्सबाट २ खेलाडी मनोनयनमा छन्।

जर्मनीको क्लबबाट भने कुनै खेलाडी मनोनयनमा समावेश छैनन्।

 

बालोन डे ओर अवार्ड : मनोनयन सूची

सर्जियो अगुएरो : म्यानचेष्टर सिटी

एलिसन बेकर : लिभरपुल

गारेथ बेल : रियल मड्रिड

करिम बेन्जामा : रियल मड्रिड

एडनसन कभानी : पीएसजी

थिबाउट कोर्तवा : रियल मड्रिड

क्रिस्टियानो रोनाल्डो : युभेन्ट्स

केभिन डे ब्रुएना : म्यानचेष्टर सिटी

रोवर्टो फ्रिमिनो : लिभरपुल

डिएगो गोडिन : एट्लेटिको मड्रिड

एन्टोनीओ ग्रीजमन : एट्लेटिको मड्रिड

एडेन हाजार्ड : चेल्सी

इस्को : रियल मड्रिड

ह्यारी केन : टोटनहम

एन गोलो कान्टे : चेल्सी

ह्युगो लोरिस : टोटनहम

मारियो मान्डुकिच : युभेन्ट्स

साडियो माने : लिभरपुल

मार्सेलो : रियल मड्रिड

किलिएन एम्बाप्पे : पीएसजी

लियोनल मेसी : बार्सिलोना

लुका मोडरिच : रियल मड्रिड

नेमार : पीएसजी

जन ओबलाक : एट्लेटिको मड्रिड

पउल पोग्बा : म्यानचेष्टर युनाइटेड

इभान राकिटिच : बार्सिलोना

सर्गियो रामोस : रियल मड्रिड

मोहम्मद सलाह : लिभरपुल

लुइस सुअरेज :बार्सिलोना

राफेल भारन : रियल मड्रिड

रोनाल्डो र मेसीको दबदबा रहेको पछिल्लो एक दशको विजेता:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell