PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

पुनर्निर्माणमा खटिएका प्राविधिक कर्मचारी ‘फिल्ड’ छाडेर पढाईमा, हाजिर प्रमाणित नगर्न स्थानीय तहलाई निर्देशन



पहिलोपोस्ट

पुनर्निर्माणमा खटिएका प्राविधिक कर्मचारी ‘फिल्ड’ छाडेर पढाईमा, हाजिर प्रमाणित नगर्न स्थानीय तहलाई निर्देशन

काठमाडौँः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले करार सम्झौता गरी सेवामा रहेका तर, तोकिएको स्थानमा नियमित रुपमा नखटिएका प्राविधिक कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ। प्राधिकरणले विभिन्न स्थानमा खटिएका कर्मचारीहरु शैक्षिक संस्थामा नियमित विद्यार्थीका रुपमा समेत पाइएको भन्र्दै छानबिन भइरहेको समेत जनाएको छ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै त्यस्ता कर्मचारीमाथि कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय भएको समेत जनाएको छ।

फिल्डमा खटिएको भनिएका तर, नियमित रुपमा शैक्षिक संस्थामा उपस्थित भएका कर्मचारीको हानिर प्रमाणित नगर्न स्थानीय तहका पदाधिकारी र सम्बन्धित अधिकारीलाई पनि प्राधिकरणले सचेत गराएको छ। हाजिर प्रमाणित लगायतका काम गरेमा कानुन अनुसार कारबाही हुने चेतावनी पनि प्राधिकरणले गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell