PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

टी-२० वर्ल्डकप क्वालिफायर एसिया: नेपालले भुटानलाई दियो १५१ रनको लक्ष्य, प्रदीपले बनाए नटआउट ७५ रन



पहिलोपोस्ट

टी-२० वर्ल्डकप क्वालिफायर एसिया: नेपालले भुटानलाई दियो १५१ रनको लक्ष्य, प्रदीपले बनाए नटआउट ७५ रन
फाइल फोटो

टी-२० वर्ल्डकप क्वालिफायर एसिया रिजन ग्रुप बी अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको छ। मलेसियाको युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको हो।

नेपालको लागि ओपनर प्रदिप ऐरीले नटआउट रहँदै सर्वाधिक ७५ रन बनाए। उनले ६८ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे।

पहिलो ओभरमै ओपनर विनोद भण्डारी (०) लाई गुमाएको नेपालका लागि प्रदीपले अनिल शाहसँग दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे।अनिलले २७ रन बनाए। यस्तै आरिफ शेखले १३, दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे भने करण केसी ११ रनमा नटआउट रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell