PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु



पहिलोपोस्ट

गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु
प्रतीकात्मक तस्विर, घटनासँग तस्विर सम्बन्धित छैन।

भक्तपुरः मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको अर्बिट स्कूल अगाडि सोमबार बसबाट खस्दा सहचालकको मृत्यु भएको छ।

बागबजारबाट सरस्वतीखेल चल्ने बा ४ ख ३१९१ नम्बरको गुडिरहेको बसको पछाडि भर्‍याङबाट खस्दा अन्दाजी वर्ष २०/२२ वर्षका सहचालकको मृत्यु भएको हो। उनको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक मिलन केसीले बताए।

सहचालकबारे चालक भक्तपुर नगरपालिका–३ सुकुलढोकाका सुन्दर कर्माचार्यलाई समेत थाहा नभएको केसीको भनाइ छ। कर्माचार्यलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell